Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बिर्सने रोग सम्बन्धी सचेतना

उद्‌घोष संवाददाता
२० माघ २०८२, मङ्गलवार

विराटनगर । ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर ‘बिर्सने रोग’ अल्जाइमर्स डिमेन्सिया सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल ग्रामीण विकास समाज केन्द्रको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । 

सोमबार आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले कार्यक्रमको उद्घाटन गरे । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने १ सय ५ जना ज्येष्ठ नागरिकहरूको सहभागिता थियो । 

सहभागीलाई कोशी अस्पताल विराटनगरका चिकित्सक डा.सविता खड्का र नेपाल ग्रामीण विकास समाज केन्द्रमा कार्यरत डा.सृष्टि खड्काले ज्येष्ठ नागरिहरूलाई बिर्सने रोगबाट उपन्न हुने मानसिक तथा पारिवारिक समस्याका विषयमा जानकारी गराउनुका साथै यसका लक्षण र उपचार विधिको बारेमा विस्तृत जानकारी गराएका थिए । 

अल्जाइमर्स डिमेन्सियाबाट बहुसंख्यक ज्येष्ठ नागरिकहरु पीडित भइरहेकाले यो रोगको न्यूनीकरण र रोग लागिसकेपछि उपचार पद्धति लगायतका विषयमा ज्येष्ठ नागरिकहरूलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले बताए । 

स्वास्थ्य मन्त्री लिम्बूले ज्येष्ठ नागरिकहरूमा बिर्सने रोग एउटा प्रमुख समस्याका रुपमा देखिएको बताउँदै यो रोग न्यूनीकरण गर्न उपचार सहितका आवश्यक उपाय अवलम्बन गर्नुपर्ने उल्लेख गरे ।

View : 405

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved