Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

कर दिवसमा भट्टराईलाई उत्कृष्ट कर्मचारी सम्मान

उद्घोष सम्वाददाता
७ मंसिर २०८०, बिहिवार

इटहरी : आन्तरिक राजश्व कार्यालय इटहरीको आयोजनामा मनाइएको १२औं राष्ट्रिय कर दिवसको अवसरमा सोही कार्यालयका नायव सुब्बा (कम्प्युटर अपरेटर) अश्विन भट्टराई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित भएका छन् । बिहीबार आयोजित राष्ट्रिय कर दिवस समापन कार्यक्रमका अवसरमा भट्टराई सम्मानित भएका हुन् । 

आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जुन कुमार न्यौपानेको अध्यक्षता आयोजित कार्यक्रममा उनलाई सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मानित गरिन् । 

‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ आयोजित राष्ट्रिय कर दिवसका अवसरमा जिल्लाका विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरिएको थियो ।

आर्थिक बर्ष २०७८/७९ मा सवैभन्दा धेरै कर बुझाउने इटहरी–४ स्थित विश्व आदर्श एकेडेमी प्रालि, इटहरी–१३ स्थित धरान प्लाष्टिक्स र इटहरी–२० स्थित प्रभु फ्यूल सेन्टर प्रालिका प्रमुख तथा प्रतिनिधिहरुलाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको आन्तरिक राजश्व कार्यालय इटहरीले जनाएको छ ।

View : 116

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved