विराटनगर । कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कारबाट पत्रकार महेन्द्र विष्ट पुरस्कृत बन्ने भएका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष विष्ट गोरखापत्र दैनिक र अरूणखबर अनलाइनमा आवद्ध छन् ।
कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरको शनिबारको बैठकले २१ जार ११५ रूपैयाँ राशिको पुरस्कार विष्टलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलले जानकारी दिएकी छन् ।
पत्रकार विष्ट महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिता विषयको अध्यापनसमेत गर्छन् ।
प्रतिष्ठानले युवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौलालाई सम्मान गर्ने भएको छ ।
त्यस्तै महिला उद्यमी सम्मानबाट बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिका भण्डारी, स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयका छात्रा पिङ्की कुमारी स्वर्णकार र छात्र सुशीलकुमार खत्वेलाई नगदसहित कदरपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
स्वर्गीय सिग्देलले सञ्चालन गरेको स्वस्तिका ट्रान्सपोर्ट प्रालिका कर्मचारी कल्याण कोष र चालक कल्याण कोषलाई नगद क्रमशः ५१ हजार र २१ हजार तथा मजदुरहरूलाई कपडा वितरण गरिने अध्यक्ष सिग्देलले जानकारी दिएकी छन् ।
सबै पुरस्कार र सम्मान साउन २७ गते वितरण गरिने छ । व्यवसायी कृष्णप्रसाद सिग्देलको २०६६ साल साउन २७ गते काठमाडौंमा ४८ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।
View : 418
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved