Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अधिवक्ता यज्ञप्रसाद शिवाकोटीको निधन

उद्‌घोष संवाददाता
२१ असार २०८२, शनिवार

विराटनगर । विराटनगर बार एसोसिएसनका सदस्य एवं कानुन व्यवसायी अधिवक्ता यज्ञप्रसाद शिवाकोटीको शनिबार  दिउ“सो उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । उनको निधनको खबरले बार एसोसिएसन र सम्पूर्ण कानुन व्यवसायीहरू स्तब्ध भएका अधिवक्ता राजकुमार राउतले बताए ।

उच्च अदालत बार एसोसिएसन विराटनगरले एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय शिवाकोटीलाई सहयोगी, मृदुभाषी, मिलनसार र बारको हरेक गतिविधिमा सक्रिय सहभागी भई कानुन व्यवसायको गरिमा बढाउन निरन्तर लागिपर्ने अधिवक्ताका रूपमा स्मरण गरेको छ । उनको देहावसानले बारलाई अपुरणीय क्षति पुगेको र एक इमानदार कानुन व्यवसायी गुमाएको उल्लेख छ ।

पारिवारिक जानकारीअनुसार स्वर्गीय शिवाकोटीको अन्तिम संस्कार आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिने जनाइएको छ । स्वर्गीय शिवाकोटी सशस्त्र प्रहरीमा कार्य गरी उपरीक्षक समेत भएका थिए । सशस्त्र प्रहरीको जागिर पछि कानुन व्यवसायमा प्रवेश गरेका थिए ।

View : 804

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved