विराटनगर । विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयका दुई विद्यार्थीले एसईई परीक्षामा जीपीए ४ प्राप्त गरेका छन् । विद्यार्थीहरू रोहित कुमार साह र सुभम कुमार ठाकुरले जीपीए ४ हाँसिल गरेका हुन् ।
यो नतिजा विद्यालयका लागि ऐतिहाँसिक भएको जनाइएको छ । यसअघिका एसईई परीक्षामा कुनैपनि विद्यार्थीले जीपीए ४ नतिजा प्राप्त गरेका थिएनन् ।
५० जना विद्यार्थील ३.६ देखि ४.०० जीपीए ल्याएका छन् । ३.२ देखि ३.६० जीपीए ल्याउने १०८ जना, २.८ देखि ३.२० जीपीए ल्याउने १०१ जना र २.४ देखि २.८० जीपीए ल्याउने १० जना विद्यार्थी रहेका छन् ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ८८ प्रतिशतभन्दा बढीले उत्कृष्ट नतिजा ल्याएर उतिर्ण भएका छन् । कुल ३१३ जना विद्यार्थीहरू परीक्षामा सामेल भएका थिए ।
View : 1647
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved