Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराटनगरमा योग शिक्षक पुनर्ताजगी प्रशिक्षण

उद्‌घोष संवाददाता
२३ असोज २०८२, बिहिवार

Advertisement

विराटनगर ।  पतञ्जली योग कोशी प्रदेशको आयोजना र मोरङको व्यवस्थापनमा  विराटनगरमा पञ्चदिवसीय योग शिक्षक पुनर्ताजगी प्रशिक्षण सुरु भएको छ । तालिममा मोरङका ५० जना योग शिक्षक सहभागी छन् । 
तालिममा सहभागीलाई कोशी प्रदेश प्रभारी मिस्टरप्रसाद चौधरी, सहप्रभारी गोविन्द खड्का, सचिव शोभा कोइराला, पतञ्जलीका आजीवन सदस्य चन्द्रमणि गुरागाईं, मोरङका पूर्व अध्यक्ष सुरेश अग्रवालले प्रशिक्षण दिइरहेका छन् । 

प्रशिक्षणमा योग, आयुर्वेद, श्रीमद भागवत गीता, योग दर्शन  एवम् योग शिक्षकले जान्नु पर्ने र प्रशिक्षणमा गर्नुपर्ने भूमिका बारे प्रशिक्षण दिएको मोरङ सचिव योगेश निरौलाले बताए ।   मंगलबारबाट सुरु भएर प्रशिक्षण शनिबार  समापन हुने छ । 

प्रशिक्षणमा प्रेमप्रसाद रिजाल, पदमप्रसाद निरौला, शिवराज सिवाकोटी, माधव अधिकारी, फडिन्द्रप्रसाद तिम्सीना, योगेश निरौला, पुष्पराज प्रसाईं, भवानीप्रसाद घिमिरे, विष्णुकुमार धमला (इटहरी), तेजराज कोइराला, डिल्लीप्रसाद ओझा, इश्वरीप्रसाद ओझा, लखिचन साह (इनरुवा), हरिप्रसाद मेहता (इनरुवा), जयबहादुर श्रेष्ठ, मोतिराम घिमिरे, डा तुलसीप्रसाद निरौला, देवीप्रसाद अधिकारी,  घनश्याम निरौला (लेटाङ) छन् । 

यसैगरी उमेशकुमार श्रेष्ठ, नयनकुमार ओझा, कमलेशकुमार यादव (सप्तरी), सोमराज सुवेदी,  हर्षलाल चौधरी र जन्कु चौधरी (सुनसरी), किरणकुमार आचार्य, प्रदीपध्वज कार्की, सञ्जीवकुमार चौधरी, रामप्रसाद कोइराला,कुशल कोइराला,  किशोर भट्टराई  छन् ।  पद्मराज सापकोटा, नेत्रप्रसाद पौडेल, रुद्रबहादुर अधिकारी, डम्बरबहादुर भट्टराई, निरोज तिम्सिना र  मणिलाल श्रेष्ठ (उर्लाबारी) छन् । 

गणेश रेग्मी, बाबुराम बानिया विराटनगर, प्रमोदकुमार मण्डल, शिवप्रसाद आचार्य, अञ्जनीकुमार पोखरेल, लोकेन्द्रनाथ पोखरेल, छत्रमणि आचार्य, श्यामसुन्दर साह, उपेन्द्रकुमार साह, चुडामणि घिमिरे (गोपाल), चक्रप्रसाद लुइटेल, जागेश्वर कापर(केवट) योग शिक्षक पुनर्ताजगी प्रशिक्षणमा सहभागी छन् । 
 

View : 614

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved