Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

सुकुना माविले वार्षिकोत्सव मनायो

उद्घोष सम्वाददाता
३ पुष २०८०, मङ्गलवार

सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका  प्रमुख परशुराम खापुङले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखी अझ परिस्कृत बनाउँदै विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताए । उनले विज्ञान र इन्जिनियरिङका विद्यार्थीले राखेका प्रदर्शनीको अवलोकन पनि गरेका थिए ।

सो अवसरमा नगरप्रमुख केदारप्रसाद गुरागाईंले गुणस्तरीय शिक्षामा जोड दिंदै विद्यालयले प्राप्त गरेको उचाइ र शाखलाई जोगाउनु पर्ने बताए । विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले  शैक्षिक गुणस्तरलाई विज्ञान र प्रविधि सूचना प्रविधियुक्त कक्षाकोठा निर्माण गरिएको जनाउँदै अहिले अभिभावकको चाहना  अंग्रेजी शिक्षातर्फ देखिएको बताए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपी अच्छामी, संविधानसभा सदस्य चन्द्रबहादुर गुरूङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सवको अवसरमा  दाताद्वारा राखिएको अक्षयकोषबाट विभिन्न विधामा उत्कृष्ट  विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

सो विद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत  रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृकाप्रसाद ढकालले बताए ।

View : 184

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved