विराटनगर । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सांसद भगवती चौधरीले आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याइरहेको बताइन् । उनले गरिब वर्गकै बचत परिचालन गरेर लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहदैमा ऋण मिनाहा हुन नसक्ने बताइन् ।
साधारण सभामा वित्तीय संस्थाका केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
सो सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
वित्तीय संस्थाले २०८० मंसिर मसान्तसम्म ४० जिल्लाका ३८२ वटा स्थानीय तहका २ लाख ८५ हजार २१९ ग्राहक सदस्यहरुलाई १९ अर्ब ९८ करोड ६९ लाख २० हजार कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।
View : 165
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved