सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुन्दरदुलारी उद्योग वाणिज्य संघको ११औं बार्षिक साधारणसभाले रमेश थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ ।
त्यसैगरी प्रथम उपाध्यक्ष हिरण्य कालाखेति (अर्जुन), द्वितीय उपाध्यक्ष यसोन श्रेष्ठ (मिलन), महासचिव कमल दाहाल, सचिव मनिता दंगाल र कोषाध्यक्ष अम्बिका पुरी रहेका छन् ।
संघका सदस्यहरूमा कमल ढुङ्गाना, प्रल्हाद थोप्रा, लीलाप्रसाद अधिकारी, भीमकुमारी ढकाल, ध्रुव निरौला, मदन दाहाल र रमेश आचार्य चयन भएका छन् ।
निर्वाचन समितिका संयोजक बालकृष्ण आचार्यले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए ।
संघले विगतदेखि नै सहमतिको आधारमा नेतृत्व चयन गर्दै आएको छ ।
View : 389
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved