Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि कला, कानुन र शिक्षाका प्राध्यापकद्वारा कलम बन्द

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

विराटनगर ।  पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर स्थित जनसंख्या विकास केन्द्र, जनता बहुमुखी क्याम्पस र कानुन क्याम्पसका प्राध्यापकहरुले सुरक्षाको माग गर्दै कलम बन्द गरेका छन् । 

शुक्रबार तीन वटै क्याम्पसका सम्पूर्ण प्राध्यापकको तर्फबाट विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखको कक्ष लगायतमा तालावन्दी भएको र प्राध्यापकहरुको विभागीय कक्षसमेत नभएको अवस्थामा असुरक्षित भएको महसुस गरी कलम बन्द गरी पठनपाठन स्थगन गरिएको जानकारी गराइएको छ ।  जसको कारण   सोमबार पनि पठनपाठम भएन ।

पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित कला कानुन तथा शिक्षा संकायको डीनको कार्यालय,  सो अन्तर्गतका डीन कार्यालय परिसरमा नै रहेका ती  तीन क्याम्पसका  प्रमुखको कार्यकक्षमा विद्यार्थीको तालावन्दी गरेका छन् । सोको असर प्राध्यापक वर्गमा पनि परेको हो ।   

View : 391

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved