काठमाडौं, ७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २५ सय माथि पुगेको छ । नेप्सेमा तीव्र उतार चढाव झेल्दै सामान्य अंकको सुधारसहित कारोबार बन्द भएको हो । आज परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा कायम रह्यो ।
आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार ५ सय ५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० बराबरको कारोबार भएको छ ।
वाणिज्य बैंक १.२३, विकास बैंक ०.६३, होटल तथा पर्यटन ०.२१, लगानी ०.४७, लघुवित्त ०.५३ र निर्जीवन बीमा समूहको उपसूचक ०.०६ प्रतिशतले घटेको छ । अरु समूहको उपसूचक बढेको छ ।
आज वित्त समूह ०.७१, जलविद्युत् १.७४, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन २.१६, म्युचुअल फन्ड ०.७८, व्यापार १.८६ र अन्य समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार नौ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।
View : 131
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved