Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

एनसेलको आकर्षक इण्डिया रोमिङ् प्याक

उद्घोष सम्वाददाता
२३ माघ २०८०, मङ्गलवार

काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरूका लागि आकर्षक रोमिङ् प्याक सञ्चालनमा ल्याएको छ । सो प्याक सुचारु गरी ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहदा सहजै सम्पर्कमा रहन सक्ने जनाएको छ ।

ग्राहकले कर सहित  एक सयमा मायो रोमिङ् प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन् । यसको अर्थ प्रतिदिन मात्र ३३ रुपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । यतिमात्र नभई प्याकका साथ ग्राहकले तत्काल ५ सय एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउँछन् । 

सो प्याक माघ १९ देखि सञ्चालनमा आएको हो । सो प्याकले सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर  लगायतका शहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकहरूलाई पनि विशेष महत्व राख्दछ ।

ग्राहकहरूले एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ह्यास डायल गरी सो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइटर अन्य डिजिटल प्लेटफर्महरूमार्फत पनि सुचारु गर्न सकिन्छ । सो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५ सय एमबी डेटा पाउँछन् ।

साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले कर सहित मात्र  १६.४८ रुपैयाँ प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् ।

साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथमात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन् । एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाइको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् ।

View : 43

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved