विराटनगर । नेकपा एमालेको उर्लाबारी नगर कमिटीले पाँच दिनअघि हृदयघातबाट निधन भएका वडा कमिटीका एक कार्यकर्ताको खेत रोपाइँ गरिदिएको छ ।
उर्लाबारी–१ का वडा कमिटी सदस्य देवप्रसाद चौलागाइँको असार २२ गते शनिबार हृदयघात भएर निधन भएपछि रोपाइँ गर्न ठिक पारेको उनको एक बिगाहा खेतको रोपाइँ रोकिएको थियो ।
उर्लाबारी नगर कमिटीको सक्रियतामा बुधबार खेत रोपाइँ गरिदिएको जनाइएको छ ।
स्वर्गीय चौलागाईँकी पत्नी काजक्रियामा बसेको र बालबच्चाहरू पनि साना रहेका कारण रोपाइँ हुन नसकेपछि उर्लाबारी–१ झुम्राहास्थित उनको घरैमा पुगेर समवेदना व्यक्त गर्दै खेत रोपाइँ समेत गरिदिएको नगर कमिटी अध्यक्ष गंगा प्रसाद बाँस्तोलाले बताए ।
उनले दुखमा एमाले भन्ने मर्मलाई सार्थक बनाउन पार्टीका नगरस्तरीय कार्यकर्ताहरूको अगुवाईमा करिव एक बिगाहा खेतमा रोपाइँ गरिएको जानकारी दिए ।
रोपाइँमा प्रदेश सांसद उमाकान्त गौतम, एमाले मोरङकी जिल्ला कमिटी सदस्य एवं उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
View : 170
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved