काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ ।
यो एनपिएल इतिहासकै उच्च स्कोर हो । यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । आफ्नो उक्त रेकर्डलाई विराटनगरले तोडेको छ ।
कीतिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो ।
जसमा लोकेश बम र मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले । गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन हिर्काए ।
लोकेश ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रनमा आउट भए ।
गुप्टिल र लोकेशले दोस्रो विकेटका लागि १३२ रनको साझेदारीसमेत गरे ।
यस्तै शुभम रन्जनेले १६ बलमा ३८, बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे ।
बलिङतर्फ पोखराका मार्ट टेलरले २, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए ।
दुवै टोली सुखद सुरूआतको खोजीमा छन् ।
View : 188
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved