विराटनगर । नेपालमा लायन्स क्ल स्थापना भएको ५५ वर्ष पूरा भएको अवसरमा मनाइने नेपाल लायन्स दिवसका सन्दर्भमा लायन्स क्लब अफ विराटनगरले सप्ताहव्यापी सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा क्लबले साउन २२ देखि २८ गतेसम्म लागुपदार्थ दुव्र्यसनविरुद्ध साइकल र्याली, रक्तदान, पेपर क्लिनिक, भाइरल फिभरसम्बन्धी जनचेतना, वृक्षरोपण, निःशुल्क आखा परीक्षण, ट्राफिक सचेतना तथा अन्तरविद्यालयस्तरीय तत्काल भाषण प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो ।
कार्यक्रमअन्तर्गत पहिलो दिन जिल्ला प्रहरी कार्यालय मोरङसँगको सहकार्यमा लागुपदार्थ दुव्र्यसनविरुद्ध साइकल ¥याली, दोस्रो दिन रक्तदान तथा पेपर क्लिनिक, तेस्रो दिन भाइरल फिभरसम्बन्धी जनचेतनामूलक कार्यक्रम र चौथो दिन क्लबको स्थापना दिवसका अवसरमा वृक्षरोपण र दीप प्रज्वलन कार्यक्रम गरिने छ ।
यसैगरी पाँचौ दिन निःशुल्क आँखा परीक्षण तथा वृक्षरोपण, छैटौं दिन ट्राफिक सचेतना कार्यक्रम र अन्तिम दिन विराटनगरका २२ सामुदायिक विद्यालयका विद्यार्थीबीच एक्सटेम्पोर स्पिच कन्टेस्ट आयोजना गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष चाँदबाबु इराकीले नेपाल लायन्स दिवसलाई समाजसेवासँग जोडेर सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिदै सबै कार्यक्रम सफल बनाउन सञ्चारमाध्यम तथा सरोकारवाला निकायको सहयोगको अपेक्षा रहेको बताए ।
पत्रकार सम्मेलनमा क्लबका पूर्वअध्यक्ष एवं पूर्व डिष्ट्रिक गर्भनर फूलकुमार लालवानीले लायन्स क्लबले विगतदेखि नै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, रक्तदान, वातावरण संरक्षण र सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved