ब्रेकिङ न्यूज
विराटनगर । सोलुखुम्बुका खुम्बु क्षेत्रमा हिमताल फुटेको आशंका गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।
सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन् ।
उनले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको बताइन् । अहिलेसम्म दुईवटा होटल पूर्ण रुपमा बगाएको र मानवीय क्षतिको विवरण प्राप्त नभएको उनले बताइन् ।
अहिले थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको भिडियोमा देखिएको छ । दुधकोशी नदीमा पनि ठुलो बाढी देखिएको छ ।
View : 793
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved