Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङको पथरीमा घरैमा ६० वर्षीय वृद्धको हत्या, घरज्वाइँ बसेका ज्वाइँ फरार

उद्घोष सम्वाददाता
५ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा ६० वर्षीय वृद्ध आफ्नै घरमा मृत भेटिएका छन् ।

मायालु चोकस्थित आफ्नै घरमा रगताम्य अवस्थामा ६० वर्षीय चन्द्र बहादुर तामाङको शव फेला परेपछि स्थानीयले शनिबार बिहान प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीका अनुसार घरमा चन्द्र बहादुर र उनका ज्वाइँ अन्दाजी २५ वर्षीय रविन राई मात्रै बस्दै आएका थिए ।

चन्द्र बहादुरको शव शनिबार बिहान करिव साढे सात बजेतिर फेला परेको जनाइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

चन्द्र बहादुरको शव रगतमा डुबिरहेको अवस्थामा शव फेला परेको थियो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारको चोटपटक देखिएको जनाइएको छ । प्रहरीले शव नजिकै खुर्पा पनि फेला पारेकोले सोही हतियारले प्रहार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीले ज्वाइँ रविन राईको खोजी गरिरहेको जनाएको छ । चन्द्र बहादुरकी पत्नी, दुई छोरा र एक छोरी (रविनकी पत्नी) भने विदेशमा रहेको खुलेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार चन्द्र बहादुर र उनका ज्वाइँ रविन मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने गरेका थिए । शुक्रबार राती पनि उनीहरूले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ ।

चन्द्र बहादुरको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

View : 44

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved