विराटनगर : मोरङ, झापा र तेह्रथुमबाट प्रहरीले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सर्वोच्च अदालतको फैसला आदेशले ज्यान मार्ने उद्योग मुद्दामा पाँच बर्ष कैद तोकिएका सुनसरी दुहबी नगरपालिका–१२ पूर्वकुशाहाका सत्यनारायण यादवलाई पक्राउ गरेको हो ।
त्यसैगरी जिल्ला अदालत तेह्रथुमको फैसला आदेशले जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी तेह्रथुमको फेदाप गाउँपालिका–२ का ४८ बर्षीय सुबासचन्द्र लिम्बूलाई पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दामा जिल्ला अदालत झापाको सजाय निर्धारण फैसला आदेशले चार दिन कैद र दुई हजार जरिवाना तोकिएका झापाको गौरादह नगरपालिका–५ का २२ बर्षीय दिनेश अधिकारीलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको बताइएको छ ।
View : 144
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved