Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पाथिभरा स्वतन्त्र महिला समाजद्वारा आगलागी पीडितलाई राहत

उद्‌घोष संवाददाता
२८ मंसिर २०८२, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित आगलागी पीडितलाई पाथिभरा स्वतन्त्र महिला समाजद्वारा राहत सामग्री वितरण गरिएको छ ।

सुन्दरहरैंचा–११ स्थित धाती टोलमा भएको आगलागीबाट एक स्थानीय परिवारको घर र घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । घटनाबारे जानकारी पाएपछि पाथिभरा स्वतन्त्र महिला समाज सुन्दरहरैंचाले पीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

समाजका सदस्यहरूको टोलीले पीडित घरपरिवारलाई दुई थान फाइभर सिरक, दुई थान ब्ल्यांकेट, एक एक थान कुकर, कराई र डाडुपन्यूलगायत हस्तान्तरण गरेको समाजले जनाएको छ ।

आगलागीकै कारण घरधुरी नष्ट हुँदा परिवार तत्काल समस्यामा परेकाले समाजले आपत्कालीन सानो सहायता उपलब्ध गराएको समाजकी अध्यक्ष योजना शर्मा ढकालले जानकारी दिइन् ।

कठिन परिस्थितिमा सहयोग विस्तार गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, पीडित परिवारलाई थप सहयोगका लागि स्थानीय सरोकारवालाहरूलाई समेत अनुरोध गरिएको छ ।

View : 192

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved