Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

‘कोशी इलाइट कप’ क्रिकेट प्रतियोगिताको तयारी

उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगरमा ‘कोशी इलाइट कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

कोशी प्रदेश क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा पहिलो पटकको सेतो जर्सी र रातो बलमा ५० ओभरको एक दिवसीय क्रिकेट हुन लागेको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता माघ १४ देखि १७ गतेसम्म हुने कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिए । 

प्रतियोगितामा झापा, मोरङ र सुनसरीको सिनियर क्रिकेट टोली प्रतिष्पर्धाका लागि मैदानमा उत्रिने जनाइएको छ ।

यो प्रतियोगिता आगामी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तयारीकै एक चरण रहेको अध्यक्ष पाण्डेले बताए । 

‘प्रतियोगिताले मुख्य रुपमा आगामी पीएम कपको तयारीमा सहयोग पुग्नेछ, त्यसका लागि खेलाडी छनौटको एउटा आधार बन्नेछ’ उनले भने, ‘यो खेलले खेलाडीलाई नै ठूलो सहयोग हुन्छ, कम्तीमा कोशी प्रदेशमा क्रिकेट खेल्ने वातावरण पनि प्रदान हुन्छ ।’

प्रतियोगिताका लागि ज्वाला क्रिकेट मैदानमा टर्फ विकेट पिचको निर्माण गरिएको जनाइएको छ । उक्त पिचका माध्यमबाट तीनवटा जिल्लाका क्रिकेट खेलाडीले राम्रो खेल प्रस्तुत गर्न सक्ने जनाइएको छ ।

सोही अवसरमा नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठ र कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले क्रिकेटका विभिन्न प्रतियोगिता सञ्चालनका लागि सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

फाउण्डेशनका अध्यक्ष श्रेष्ठले नियमित रुपमा हुँदै आएको अन्तर विद्यालय छात्र र छात्रा हब क्रिकेट प्रतियोगिताको आयोजनालाई अझ व्यवस्थित बनाउन र ग्रासरुट क्रिकेटको विकासमा संघसँग सहकार्य गरिएको जानकारी दिए ।

View : 138

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved