विराटनगर । आइतबार बसेको नेकपा एमाले मोरङ जिल्ला संगठन कमिटीको पहिलो बैठकले नेता कार्यकर्ताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । गुटगत जिम्मेवारी बाँडफाँड भएको भन्दै केही नेता कार्यकर्ताहरुले भने व्यापक असन्तुष्टि समेत पोखेका छन् ।
मोरङमा पछिल्लो पटक महानगर कमिटी अध्यक्ष सागर थापासहितलाई कारवाही गरेपश्चात विनोद ढकाल समुहका धेरै नेता कार्यकर्ताहरुलाई जिम्मेवारीविहिन बनाइएको उनीहरुले आरोप लगाएका छन् ।
स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको उपस्थिति एवं जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी बाँडफाँडका नाममा नेतृत्वको प्रवृत्तिप्रति आलोचना गर्नेहरुलाई पाखा लगाउने रणनीति लिएको उनीहरुले बताए ।
बैठकले मोरङका ६ वटै संघीय र प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेको छ । संघीय निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा पुष्प ढकाल, सह-संयोजक शेरमान तामाङ र सचिवमा डिल्ली प्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी क्षेत्र नम्बर १ (क) को संयोजकमा अग्नी भट्टराई, सहसंयोजक मेघनाथ घिमिरे, सचिवमा सरला राई, क्षेत्र नम्बर १ (ख) को संयोजकमा प्रेमकुमार महत, सहसंयोजक गंगा लिम्बु र सचिवको जिम्मेवारी लोकबहादुर सुवेदीले पाएका छन् ।
बैठकले संघीय निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा गोपाल थापा, सहसंयोजक दुर्गा विष्ट, सचिवमा इर्जालाल राजवंशी, क्षेत्र नम्बर २ (क) को संयोजकमा मेघराज कट्टेल, सहसंयोजकमा राधेश्याम राजवंशी, सचिवमा नारायण ताजपुरिया, क्षेत्र नम्बर २ (ख) को संयोजकमा टेकबहादुर भट्टराई, सहसंयोजकमा पदम धिमाल र सचिवको जिम्मेवारी अनिलकुमार पोखरेललाई प्रदान गरेको जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए ।
उनका अनुसार क्षेत्र नम्बर ३ को संयोजकमा भोलाप्रसाद अधिकारी, सहसंयोजकमा भक्त किरण राई, सचिवमा घनश्याम गौतम, क्षेत्र नम्बर ३ (क) को संयोजकमा दानबहादुर बस्नेत, सहसंयोजकमा भगतचन्द्र थपलिया, सचिवमा गजेन्द्र लिम्बु, क्षेत्र नम्बर ३(ख) को संयोजकमा राजेश बस्नेत, सहसंयोजकमा सिता राई र सचिवमा रामप्रसाद लुइँटेलले जिम्मेवारी प्राप्त गरेका छन् ।
संघीय निर्वाचन क्षेत्र नम्बर ४ को संयोजकमा रामबहादुर घिमिरे, सहसंयोजकमा उदय राई, सचिवमा सुवास सरदार, क्षेत्र नम्बर ४ (क) को संयोजकमा प्रज्ञान मगर, सहसंयोजकमा मिना चौधरी, सचिवमा मित्र घिमिरे, क्षेत्र नम्बर ४ (ख) को संयोजकमा राजन भण्डारी, सहसंयोजकमा श्यामप्रसाद मण्डल र सचिवको जिम्मेवारी धर्मलाल सिंहले पाएका छन् ।
त्यसैगरी संघीय निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकमा पुनम सापकोटा, सहसंयोजकमा सुकदेव यादव, सचिवमा दिपेन्द्र पासवान, क्षेत्र नम्बर ५ (क) को संयोजकमा डिल्लीराम घिमिरे, सहसंयोजकमा दिनेश ठाकुर, सचिवमा सिंहेश्वर विश्वास, क्षेत्र नम्बर ५ (ख) को संयोजकमा किशोर पोखरेल, सहसंयोजकमा निजाम मियाँ र सचिवमा धर्मेन्द्र राजवंशीले जिम्मेवारी प्राप्त गरेका छन् ।
बैठकले संघीय निर्वाचन क्षेत्र नम्बर ६ को संयोजकको जिम्मेवारी मकर बुढाथोकी, सहसंयोजक जिवन राई, सचिव सुरज श्रेष्ठ, प्रदेश निर्वाचन क्षेत्र ६ (क) को संयोजकमा वैजु विश्वास, सहसंयोजक राजकुमार श्रेष्ठ (राजा), सचिवमा उमेश वस्ती, प्रदेश निर्वाचन क्षेत्र ६ (ख) को संयोजकमा मिनकुमार आचार्य, सहसंयोजकमा प्रतिक्षा बस्नेत र सचिवको जिम्मेवारी दिपकुमार कर्णलाई प्रदान गरेको जिल्ला संगठन कमिटी अध्यक्ष कार्कीले बताए ।
बैठकले पार्टी जिल्ला विभागको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जस अनुसार पार्टी स्कूल विभाग प्रमुखको जिम्मेवारी जिल्ला संगठन कमिटीका उपसचिव सोमराज थापा, अध्यक्ष कार्कीलाई स्थानीय विकास विभाग, सचिव रविन थापालाई संगठन विभाग, राजन भण्डारीलाई अर्थ तथा योजना विभागको प्रमुख, सन्तोष वान्तवालाई प्रचार तथा प्रकाशन विभागको प्रमुख र उपप्रमुखमा किशोर विश्वकर्मा, निर्वाचन विभागको प्रमुखमा हरि बराल र उपप्रमुखमा महेन्द्र वस्ती, कानुन विभागको प्रमुखमा गणेशराज लुइँटेल र उपप्रमुखमा निता प्याकुरेललाई जिम्मेवारी प्रदान गरेको जिल्ला संगठन कमिटीका सचिव थापाले जानकारी दिए ।
जनसंगठन समन्वय संयन्त्र र जनसंगठनको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । जस अनुसार जनसंगठन समन्वय संयन्त्रको इन्चार्जमा पार्टी जिल्ला संगठन कमिटीका उपाध्यक्ष शान्तिकुमारी लिम्बु, सह-इन्चार्जमा नविन पौडेल, अनेरास्ववियुको इन्चार्जमा मिलन घिमिरे, राष्ट्रिय जनसांस्कृतिक महासंघमा रेखा सुवेदी राई, नेपाल खेलकुद महासंघमा मनोज खड्का, लोकतान्त्रिक आदिवासी जनजाती महासंघमा सीता तामाङ, पेशागत महासंघमा ओम सुवेदी, नेपाल उत्पीडित जातीय मुक्ति समाजमा किशोर विश्वकर्मा, नेपाल मुस्लिम इत्तेहाद संगठनमा इमाम हैदरलाई इन्चार्ज तोकेको छ ।
त्यसैगरी बैठकले प्रेस चौतारी नेपालको इन्चार्जमा तिलकुमारी शर्मा, नेपाल भूमिहिन श्रमिक संगठनमा कपिलमणी पौडेल, लोकतान्त्रिक अपांग संगठनमा गणेश ढकाल, नेपाल वुद्धिजिवी परिषद्मा धर्मानन्द खरेल, नेपाद भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा शिव थापा, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा अञ्जु उपाध्याय, मानव अधिकार एलायन्समा खिला निरौला, रिटर्नी फेडरेसन नेपालमा सन्तोष बराल र ओबीसीमा जयप्रकाश महतोलाई इन्चार्ज तोकेको प्रचार विभाग प्रमुख सन्तोष वान्तवाले जानकारी दिए ।
बैठकले आगामी कार्ययोजना समेत तयार गरि निर्णय गरेको छ । जस अन्तर्गत पालिका कमिटीहरुको बैठक, संघीय, प्रदेश निर्वाचन क्षेत्रीय कमिटीको बैठक, निर्वाचन क्षेत्रस्तरमा वडा पदाधिकारी प्रशिक्षण, पालिकास्तरमा पार्टी र जनप्रतिनिधिबिच अन्तर सम्वन्ध तथा प्रशिक्षण, जिल्लास्तरमा पालिका पाधिकारीहरुलाई प्रशिक्षण, जिल्लास्तरमा जिल्ला कमिटीका सदस्यहरुको अभिमुखीकरण तथा प्रशिक्षण, पालिका पार्टी कार्ययोजना व्यवस्थापन अभिमुखीकरण लगायतका कार्ययोजनाका साथ एमाले मोरङ अघि बढेको छ ।
बैठकलाई नेकपा एमाले स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरे, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्यम खतिवडालगायतले सम्बोधन गरेका थिए । उनीहरुले मोरङमा एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरु एकढिक्का भएर मिशन-८४ सफल बनाउन लागिपर्न निर्देशन दिएका थिए ।
View : 240
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved