रंगेली, २१ मंसिर : सुर्तिजन्य पदार्थ (भोला/गुट्खा) को प्याकेटमा हुने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने मोरङ धनपालथान कर्सियास्थित केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशी १९ लाख ८८ हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले तोकेको धरौटी बुझाएर उनी विहीबार छुटेका हुन् ।
आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गरेको आरोपमा इलाका प्रहरी कार्यालय रंगेलीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनको घरबाट अन्तःशुल्कको ३ हजार १ सय ४० थान स्टिकर सहित गत शनिबार पक्राउ गरेर आन्तरिक राजस्व कार्यालय विराटनगरलाई बुझाएको थियो ।
View : 170
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved