Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले पाए अनिवार्य अवकाश

उद्‌घोष संवाददाता
१० कार्तिक २०८२, सोमवार

सुन्दरहरैंचा । निजामति सेवामा ४० वर्ष ४ महिना १५ दिन लामो सेवा अवधि पूरा गरी सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने  उमेर हदका कारण अनिवार्य अवकाश भएका छन् ।

न्यौपानेले आफ्नो दीर्घ प्रशासनिक यात्राका क्रममा साथ, सहयोग र सहकार्य प्रदान गर्ने परिवार, सहकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरे ।

उनको नेतृत्वमा सुन्दरहरैंचा नगरपालिकाले प्रशासनिक सेवा सुदृढीकरण, सुशासन प्रवद्र्धन र नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको जनाइएको छ । 

लामो समयदेखि राष्ट्रसेवक कर्मचारीको रूपमा कार्यरत रहेका न्यौपानेले विगतमा नगरको साविक इन्द्रपुर गाविसमा रहदा समेत कुशल कार्यभार समालेका थिए ।

View : 390

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved