Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

भोजपुरका दुई विद्यालयहरूमा सहयोग सामग्री वितरण

उद्‌घोष संवाददाता
२४ कार्तिक २०८२, सोमवार

न्यानो कपडा वितरणपछि सामूहिक तस्वीर खिचाउँदै । तस्वीर : उद्घोष

भोजपुर । विराटनगरबाट गएका एक सहयोगी समूहले भोजपुरका दुई फरक विद्यालयमा अध्ययनरत विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण गरिएको छ ।

शुक्रबार दुई चरणमा फरक–फरक कार्यक्रम आयोजना गरी यशोधरा मावि र बहिरा आवासीय आधारभूत विद्यालयमा सहयोग सामग्री वितरण गरेको हो । 

लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

यशोधरा माध्यमिक विद्यालय, टक्सार भोजपुरको बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पहिलो चरणको कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक पर्ने भान्साका सम्पूर्ण भाडावर्तनका सामग्री, जाडोका लागि कम्बल, ज्याकेट र टोपी वितरण गरिएको थियो ।

बहिरा आवासीय आधारभूत विद्यालय, भोजपुर–९ मा अध्ययनरत विद्यार्थीहरूलाई जाडोको लागि न्यानो कपडा (ज्याकेट, टोपी), शैक्षिक सामग्री र खेलकुदका सामग्रीहरू वितरण गरिएको थियो ।

सहयोग सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ सीका पूर्व गभर्नर विजयहरि शर्मा, उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदस्य ध्रुव श्रेष्ठ र राजन श्रेष्ठ, नागरिक समाजका जिल्ला अध्यक्ष, विद्यालय सञ्चालक समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, क्लबका पूर्व अध्यक्षहरूलगायत १४ जना क्लब सदस्यहरूको उपस्थिति रहेको थियो । 

सामग्री हस्तान्तरणको संयोजन आयोजक क्लवकी सदस्य लुना श्रेष्ठले गरेकी थिइन् ।

View : 211

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved