सेयर बजार बढेको बढ्यै
काठमाडौं । सेयर बजार कारोबारमा लगातार भइरहेको बढोत्तरीको क्रम थामिने अवस्था छैन ।
साताको तेस्रो दिन पनि बजार सूचक दोहोरो अंकले बढेको छ । कारोबार रकम २० अर्ब नाघेको छ ।
मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढ्दै २९७३.७० को विन्दुमा रहँदा २० अर्ब ८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको हो ।
सबै समूहका सूचक उचालिँदा बजार उच्च भएको हो । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.६३ प्रतिशतले बढेको छ ।
लघुवित्त ४.०७, होटल तथा पर्यटन ३.४४, अन्य ३.२६ र लगानी ३.२४ प्रतिशतले बढेको छ ।
१४ कम्पनीको सेयरमूल्य घट्दा २३६ कम्पनीको बढेको छ । सेयरमूल्य बढ्ने कम्पनीमध्ये ट्रेड टावरको सेयरमा पोजिटिभ सर्किट लागेको छ ।
शिवम् सिमेन्ट र सान्भी इनर्जी ९.९९, उन्नति सहकार्य लघुवित्त ९.९० र विन्ध्यवासिनी हाइड्रोपावर ९.७६ प्रतिशतले बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी लगातार अगाडि छ ।
उक्त कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
शिवम् सिमेन्टको ६८ करोड ८३ लाख, हिमालयन पुनर्बीमाको ५६ करोड १ लाख, बुटवल पावरको ५१ करोड ६७ लाख र ज्ञादी ग्रुपको ४६ करोड ३५ लाखको सेयर किनबेच भएको छ ।
यसअघि आइतबार २१ अर्ब ४६ करोड ४९ लाख र सोमबार १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 441
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved