Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मनहरिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

उद्‌घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

हेटौँडा, १ असोज । यहाँको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकमबाट एकल महिलालाई पक्की घर बनाइदिएका छन् ।

मनहरी– ५ वसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहेकी सोनी राईलाई पक्की घर बनाएर आज हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकम कोष स्थापन गरी जम्मा गर्दै आएका छन् ।

सोही कोषबाट दुई लाख १५ हजार खर्चेर राईलाई घर बनाइदिएको उनले जानकारी दिए ।

आठ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आएका थिए ।

“ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै थिएँ ।

सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ ।

पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो ।

आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । अध्यक्षज्युको सहयोगले घर बन्यो, उनलाई धन्यवाद”, सोनीले भनिन् ।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएका थिए ।

अध्यक्ष कालाखेतिले निर्वाचनका बेला जनताका बीचमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधाबापतको खर्च जनताको सेवामा समर्पित गर्दै आएको बताए ।

उनले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस
 

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved