Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरहरैंचाको अबको यात्रा : विचार र विमर्श हुँदै यथार्थसम्म’

उद्‌घोष संवाददाता
१५ भदौ २०८२, आइतवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित इन्द्रपुर जुनियर जेसीजको आयोजनामा ‘अवको सुन्दरहरैंचा यात्रा ः विचार र विमर्श हुँदै यथार्थसम्म’ नामक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तित्वहरूले सुन्दरहरैंचा नगरलाई अझ आकर्षक, व्यवस्थित र समृद्ध बनाउन सकिने उपायहरूबारे विचार–विमर्श गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरपालिकाको हालसम्मको अवस्था, उपलब्धी र आगामी योजनाबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा महालेखा परीक्षक तोयम राय, उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, राष्ट्रिय सभाका सदस्य गोपीबहादुर अछामी, पूर्वमन्त्री राजकुमार ओझा, पूर्वमेयर शिवप्रसाद ढकाल, पूविका उपकसलपति प्राडा. बिजुकुमार थपलिया लगायतका वक्ताहरूले आ–आफना क्षेत्रका अनुभव प्रस्तुत गर्दै नगरको समग्र विकासका लागि आवश्यक सुझावहरू दिएका थिए ।

View : 352

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved