धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–१ स्थित घङ्घरुमा सञ्चालित चौथो प्रकाश थापा स्मृति कप प्रदेशस्तरीय भलिवल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । फाइनल खेलमा झापाको दमक नगरपालिकालाई पराजित गर्दै षडानन्दले उपाधि जितेको हो ।
षडानन्दले दमकलाई २५–२२, २५–१५ र २५–२२ को सेटमा पराजित गर्यो ।
उपाधिसँगै षडानन्दले नगद १ लाख २१ हजार १ सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजार पाएको छ ।
षडानन्दका बालकुमार रायमाझी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएर १० हजार नगद पुरस्कार पाएका छन् ।
विजेता टोली तथा खेलाडीहरुलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले पुरस्कृत गरिन् ।
प्रतियोगितामा कोशी प्रदेशका नौ पालिकाका टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो ।
कालिकोटमा २०५७ सालमा तत्कालिन माओवादीसंग भएको भिडन्तमा परी प्रहरी नायब निरीक्षक प्रकाश थापाको मृत्यु भएको थियो ।
उनकै सम्झनामा ०७६ सालमा ट्रष्ट स्थापना गरेर भलिबल प्रतियोगिता सञ्चालन गरिदै आएको ट्रष्टका सचिव अर्जुन थापाले जानकारी दिए ।
View : 187
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved