विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको कार्यकारिणी समितिमा ९ जना सदस्य मनोनित भएका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले कार्यसमिति सदस्यमा दुईजना र आमन्त्रित सदस्यमा ७ जनालाई मनोनित गरेका हुन् ।
मनोनित हुनेहरू कार्यसमिति सदस्यहरूमा निर्मलकुमार भट्टराई र कृति श्रेष्ठ रहेका छन् । भट्टराई अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हुन् भने श्रेष्ठ नेपाल महिला उद्यमी महासंघ कोशीकी अध्यक्ष हुन् ।
त्यसैगरी, आमन्त्रित सदस्यहरूमा यमबहादुर श्रेष्ठ, मेघराज सिग्देल, विजयसन्तोषी राई, तरुण संचेती, विनयकुमार चौधरी, अंशु बन्जरा र धर्मेन्द्र साह मनोनित भएका छन् ।
कोशी प्रदेश भुगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन पराजुली र रमेश रसाइली पनि पदेन सदस्य चयन भएका छन् । मनोनित सदस्यहरूलाई अध्यक्ष राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
महासंघको विधानअनुसार उनीहरू प्रदेश समितिको कार्यकारिणी सदस्यमा मनोनित भएको महासंघका सचिवालय प्रमुख राधारमण भण्डारीले जानकारी दिए ।
View : 126
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved