Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

बरगाछीको लोकार्पण आज

उद्घोष सम्वाददाता
२९ फागुन २०८०, मङ्गलवार

विराटनगर । गुराँस पुस्तकालय विराटनगरको ५४ औं स्थापना दिवसका अवसरमा पुस्तकालयद्वारा प्रकाशित बरगाछी स्मारिकाको मंगलबार लोकार्पण गरिने भएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको प्रमुख आतिथ्यतमा हुने सो कार्यक्रममा बरगाछीको १७ औं अंक विमोचन गर्न लागिएको हो । बरगाछी स्मारिका समालोचक दधिराज सुवेदीले सम्फादन गर्दै आएका छन् ।

सो कार्यक्रममा स्वर्गीय मुत्तिप्रसाद–यदुनाथ चापागाई स्मृति सम्मानबाट समाजसेवातर्फ बरिष्ठ समाजसेवी दिनबन्धु गोयल र राजनीतितर्फ पीताम्बर दाहाललाई सम्मान गरिने पुस्तकालयका सभापति सुनिल पाण्डेले जानकारी दिए ।  

गुराँस पुस्तकालयका पूर्व सभापति रहेका नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले आफ्ना हजुरबुबा मुक्तिनाथ र बुबा यदुनाथ चापागाईंको स्मृतिमा सो सम्मान स्थापना गरेका हुन् ।

मुक्तिनाथ चापागाईं नेपाली कांग्रेस मोरङका भूतपूर्व सभापति हुन् । यस्तै लाइफगार्ड अस्पतालका सञ्चालक डा. कैलाश श्रेष्ठले स्थापना गरेको पूर्णकुमारी श्रेष्ठ छात्रवृत्ति कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरिने जनाइएको छ ।

View : 171

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved