विराटनगर । अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको समुदायमा आधारित पुनर्स्थापना (सीबीआर) विराटनगरको अध्यक्षमा शोभा पोखरेल चयन भएकी छन् ।
सोमबार सीबीआर सम्वद्ध संस्था तथा प्रतिनिधिहरुको भेलाबाट गठित ११ सदस्यीय समितिको उपाध्यक्षमा डा संझना प्रधान, कोषाध्यक्ष डीएल चौधरी निवर्तमान अध्यक्ष कनुलाल चौधरी छन् ।
समितिको सदस्य सचिवमा नवीन दाहाल, सदस्यहरुमा धर्मराज भट्टराई, घमचन्द्र नेपाल, सरिता रेग्मी, डिल्लीराम भण्डारी, आकृति रानी फुयाल, कुमारप्रसाद धमला छन् ।
सो भेलाले तीन सदस्यीय निर्देशक समिति पनि गठन गरेको छ । निर्देशक समितिमा डा भेषप्रसाद धमला, कविराज न्यौपाने र पद्मा रिजाल छन् ।
२०४६ फागुनमा स्थापित एवम् कोशी प्रदेशलाई लक्षित गरी काम गरिहेको सीबीआरले आव २०८०–८१ मा ७४ पालिकामा सेवा पुर्याएको थियो ।
View : 153
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved