सुनसरी । धार्मिक तथा पर्यटकीय स्थल सुनसरीको बराहक्षेत्रमा सुविधा सम्पन्न प्रहरी चौकी निर्माण गरी सञ्चालनमा आएको छ ।
बराहक्षेत्र नगरपालिका–१ मा नवनिर्मित अढाई तल्ले भवनको बुधबार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले उद्घाटन गरेका छन् ।
नेपालकै प्रशिद्ध धार्मिक तीर्थस्थल मानिएको बराहक्षेत्रमा भारतबाट समेत उल्लेख्य मात्रामा दर्शनार्थी आउने र जमघट बढी हुने भएकाले सुरक्षा ब्यवस्था चुस्त दुरुस्त बनाउनका साथै सेवा प्रवाहमा सहजता ल्याउन सुबिधा सम्पन्न भवनले सहयोग पुग्ने बिश्वास गरिएको छ ।
तीन करोड २१ लख ६९ हजार ३ सय १३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवन काठमाडौंको जेएसएस इन्जिनियरिङ प्रालिले १५ महिनामा निर्माण सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
View : 26
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved