विराटनगर । विराटनगरको वाईआरसीसी क्रिकेट क्लब चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार विराटनगरको जुट मिल खेल मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाईआरसीसीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सिराहाले दिएको १४१ रनको लक्ष्य वाईआरसीसीले १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पहिले ब्याटिङ गरेको सिराहाले १९.३ ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो ।
वाईआरसीसीको यो जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार हुने पहिलो सेमिफाइनलमा विराटनगरको होराइजन र हाइपर क्रिकेट क्लब पटनाबीच प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार वाईआरसीसीले सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विरुद्ध दोस्रो सेमिफाइनल खेल्नेछ । चैत ३० गतेसम्म सञ्चालन हुने यो प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
View : 61
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved