सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले समस्या समाधानमा चासो नदिंदा अस्पताल फार्मेसीमा कार्यरत कर्मचारीहरुको आन्दोलन लम्बिएको छ ।
११ दिनदेखि फार्मेसी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीको माग सुनवाई नहुँदा प्रतिष्ठानको फार्मेसी सेवा बन्द छ ।
सात महिनादेखि पाउनुपर्ने तलब र सेवा सुविधाहरु नपाएको भन्दै फार्मेसीमा कार्यरत २२ जना कर्मचारीहरु ११ दिनदेखि धर्नामा छन् । जसले गर्दा अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बीमा अन्तर्गतको औषधिहरु नपाउँदा विरामीहरु मारमा परेका छन् ।
फार्मेसीका कर्मचारीले सेवा ठप्प पारेपछि बिरामीका आफन्तहरुहरु बाहिरको औषधि चर्को शुल्क तिरेर किन्न बाध्य छन् ।
प्रतिष्ठानको फार्मेसीमा औषधि ब्यवस्थापनको जिम्मा केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गर्दै आएको छ । त्यहाँ कार्यरत कर्मचारीहरु केटीएम सेक्युरिटी मार्फत भर्ना भएका हुन् ।
उनीहरुलाई तलब सुविधा दिने दायित्व पनि उक्त कम्पनीकै भएपनि तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको एक कर्मचारीले बताइन् ।
प्रतिष्ठानले फार्मेसी सेवा अवरुद्ध हुनु गैरकानुनी भएको दाबी गर्दै आपूर्ति कम्पनी केटीएम सेक्युरिटी सर्भिसेज प्रालिले गैरकानुनी कार्य गरेको जनाएको छ ।
View : 411
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved