विराटनगर । नेकपा एमाले मोरङको नवनिर्वाचित १६५ सदस्यीय जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूले सपथ ग्रहण गरेका छन् । शनिबार पार्टी कार्यालय पाञ्चालीमा निर्वाचन कमिटीले नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको नाम घोषणा गरेपछि उनीहरूलाई एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरे लगायतको उपस्थितिमा नवनिर्वाचित कमिटीले सपथ लिएको हो ।
१० औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया सर्वसम्मत गर्ने घोषणा गरे पनि अन्ततः प्यानलै निर्वाचन भएको थियो ।
केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल नेतृत्वको प्यानलबाट अध्यक्षमा अजम्बर राईसहित पाँच पदाधिकारी निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका हुन् । सदस्यहरू भने दुवै पक्षका बराबरीजसो निर्वाचित भएका छन् ।
हलबाट निर्वाचित हुने खुला सदस्यतर्फ संस्थापन पक्षका कृष्ण भट्टराई, रुद्रकुमार श्रेष्ठ र शंकर थापा निर्वाचित भएका छन् । इतर पक्षका धर्मनन्द खरेल र भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
महिलातर्फ दुवै समूहमा परेका मीना पौडेल, विष्णुकुमारी राई तथा इतर समुहका रुकमणी घिमिरे (रुजा) निर्वाचित भएका छन् । उर्लाबारी नगरपालिकाकी उपमेयर रहेकी पौडेलले यो निर्वाचनकै सवैभन्दा लोकप्रिय ६०९ मत प्राप्त गरेकी हुन् ।
युवातर्फ इतर समूहबाट जोसेफ घिमिरे र मनोज राई निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति क्षेत्रको खुलाबाट संस्थापन पक्षका पूर्णप्रसाद राई र भक्तकिरण राई निर्वाचित भएका छन् ।
आदिवासी जनजाति महिलामा संस्थापनकै सोभिता राजवंशी निर्वाचित भइन् । कोशी प्रदेश सभामा नेकपा एमाले संसदीय दलकी सचेत रहेकी ललिताकुमारी चौधरी भने तीन मतको अन्तरले राजवंशीसँग पराजित भएकी हुन् । चौधरी इतर समूहबाट चुनाव लडेकी थिइन् ।
मुस्लिम खुलामा संस्थापनबाट मो इनुस मियाँ र दुवै प्यानलमा रहेका मो अजिम आलम निर्वाचित भएका छन् । मुस्लिम महिलामा सहनाज वेगम सर्वसम्मत निर्वाचित भइन् ।
मधेसी खुलामा संस्थापनबाट गणेशकुमार साह र इतरका दीपककुमार कर्ण, मधेसी महिलामा इतर समूहबाट गीतारानी महतो, मधेसी युवामा संस्थापनबाट अभिषेक केडिया निर्वाचित भएका छन् ।
अल्पसंख्यक (मारवाडी) खुलातर्फ संस्थापन समूहका श्रीप्रसाद तोत्ला निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।
त्यसैगरी दलित खुलातर्फ संस्थापनबाट किशोर विक र गंगाबहादुर विश्वकर्मा तथा इतर समूहबाट पवित्रा विश्वकर्मा (मिक्लाजुङ) र रिङ्कुदेवी परियार निर्वाचित भएका छन् ।
दलित महिलातर्फ इतर समूहकी टुनाकुमारी विश्वकर्मा निर्वाचित भइन् । दलित युवामा मन्टुकुमार राम मोची सर्वसम्मत भएका छन् ।
मजदुर खुलामा मनोजकुमार मगर र राजु धमला, मजदुर महिलामा सायदा तवस्सुम, मजदुर युवामा सूर्यप्रकाश खवास सर्वसम्मत भएका छन् । अपाङ्गता खुल्लामा साझा उम्मेदवार सन्तोषकुमार पण्डित निर्वाचित भएका छन् । पीछडावर्ग खुलामा इतर समूहबाट जयप्रकाश महतो निर्वाचित भएका हुन् ।
यसैगरी भूगोलतर्फ विराटनगर महानगरपालिकाबाट संस्थापन पक्षका काजी नेपाल (सानोकाजी), काजी बस्नेत, प्रवीणकुमार कार्की, राजन भण्डारी, सन्दिप पोखरेल र सुरज श्रेष्ठ तथा इतर समूहबाट खेमराज पोखरेल, दिव्यराज कट्टेल र राधेश्याम कट्टेल निर्वाचित भएका छन् ।
महानगर भूगोलकै महिला सदस्यमा दुवै प्यानलमा परेका गीता घिमिरे (ओझा), कौशिला बञ्जरा, डम्बरकुमारी बस्नेत (निमा), झुमा पोखरेल, शोभा निरौला र सरिता घिमिरे नेपाल, संस्थापनबाट कौशिला बन्जरा (रेग्मी) र इतर समूहबाट ममता प्रधान निर्वाचित भएका छन् ।
महानगर युवामा साझा प्यानलबाट किरण लामा, संस्थापनबाट लक्ष्मण पोखरेल (लट्टे) र शान्ता डंगोल निर्वाचित भए ।
भूगोलतर्फ बेलबारीबाट खुल्ला सदस्यमा संस्थापनबाट अम्बरबहादुर गुरुङ, गजेन्द्रराज लिम्बू, प्रेमकुमार कार्की र योगेन्द्र सुवेदी तथा इतर समूहबाट कृष्णबहादुर गुरुङ निर्वाचित भएका छन् । बेलबारीबाट महिला सदस्यमा संस्थापनकी मञ्जु रिजाल र सीता तामाङ तथा इतर समूहबाट कल्पना राई निर्वाचित भएका छन् । बेलबारी युवाबाट संस्थापनकी शीतल राय निर्वाचित भइन् ।
सुन्दरहरैंचाबाट खुला सदस्यमा संस्थापन पक्षबाट इन्द्रप्रसाद भट्टराई, उमेश वस्ती, खेमप्रसाद न्यौपाने, जयप्रसाद रायमाझी तथा इतर समूहबाट खड्गबहादुर श्रेष्ठ, गणेश चौधरी र रोशनप्रसाद ढकाल निर्वाचित भएका हुन् ।
महिलामा दुवै समूहबाट साझा उम्मेदवार रहेकी अकली चौधरी र तुलसा आचार्य तथा इतरबाट तारा घिमिरे र वविता खापुङ निर्वाचित भएका हुन् । युवाबाट संस्थापन समूहका मनोज दाहाल र मिलन घिमिरे निर्वाचित भएका हुन् ।
लेटाङबाट खुला सदस्यमा संस्थापनका खेमनाथ ढकाल (इन्द्र), डम्बरबहादुर राई र रामकुमार श्रेष्ठ तथा इतर समुहबाट भुम मगर (सूर्य) निर्वाचित भए । महिलामा दुवैतिरका साझा केशवकुमारी खतिवडा र मेनुका आचार्य सुवेदी निर्वाचित भएका छन् । युवामा संस्थापनकी चम्पा थापा मगर निर्वाचित भइन् ।
पथरीशनिश्चरेबाट खुला सदस्यमा कपिलमणि ढकाल, पदम धिमाल, भगतचन्द्र थपलिया, रमेश दाहाल, हर्कराज राई, महिला सदस्यमा दुर्गा सुवेदी (दंगाल), नीता राई, मीना विश्वकर्मा र युवामा नवीन कार्की सर्वसम्मत चयन भएका छन् ।
रंगेलीबाट खुला सदस्यमा जीतलाल मण्डल, टंक आचार्य, दलबहादुर बस्नेत, लक्ष्मण साह, सन्तलाल खवास, महिला सदस्यमा पुनम कोइराला, भुमाकुमारी पराजुली, राधादेवी मण्डल सर्वसम्मत भएका छन् । युवातर्फ भएको निर्वाचनमा संस्थापन पक्षबाट करण ठाकुर (कल्लेनाथ) निर्वाचित भएका छन् ।
रतुवामाईबाट खुला सदस्यमा संस्थापन पक्षका खगेन्द्र राई र इतर पक्षबाट दुर्गाबहादुर बिष्ट, देवेन्द्र पौडेल, पदम प्रसाईँ निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा देवी सुवेदी गौतम, मीनादेवी चौधरी, रामजना अधिकारी सर्वसम्मत भएका छन् । युवातर्फको निर्वाचनमा संस्थापन पक्षका राम कार्की निर्वाचित भएका छन् ।
सुनबर्षीमा खुलातर्फ टेकबहादुर भट्टराई, भक्तबहादुर तामाङ, श्यामप्रसाद राजवंशी निर्विरोध भए । महिलातर्फको निर्वाचनमा दुवै प्यानलमा परेकी हरिका ढकाल र इतर पक्षकी अर्पणा राजवंशी निर्वाचित भइन् । युवामा लक्ष्मण बुढाथोकी सर्वसम्मत भएका हुन् ।
उर्लाबारीबाट खुला सदस्यमा अग्नी भट्टराई, उमाकान्त गौतम, गंगाप्रसाद खरेल र लक्ष्मीनारायण धिमाल, महिलातर्फ उर्मिला थापा, निर्मला गौतम र मेनु पाण्डे, युवामा डिल्लीराम खतिवडा सर्वसम्मत भएका हुन् ।
बुढीगंगाबाट बैजु विश्वास, युवराज पौडेल, हिमलाल पाठक, रिना रेग्मी घिमिरे र सागर बराल निर्विरोध भएका छन् । धनपालथानबाट अरुणकुमार साह, सिंहेश्वर विश्वास, यसोदाकुमारी चौधरी र शुकदेवप्रसाद यादव सर्वसम्मत भएका छन् ।
जहदाबाट भगवानलाल वेस्रा, सुराजकुमार राजवंशी, राजवती महथा सर्वसम्मत बनेका छन् । कानेपोखरीबाट चरण गुरुङ, दानबहादुर बस्नेत, मोहनप्रसाद अधिकारी, सुशील बुढाथोकी, खेमकुमारी दाहाल, सुशीला श्रेष्ठ, सरस्वती काफ्ले र सन्तोष उप्रेती सर्वसम्मत सदस्य चयन भएका छन् ।
कटहरीबाट श्यामप्रसाद मण्डल, सुभाषकुमार सरदार, सीतादेवी राजवंशी, केराबारीबाट नारायणप्रसाद भुजेल, पूर्णबहादुर मगर, प्रेमबहादुर लिम्बू, निर्मला राई, मनमाया मगर, ध्रुवनारायण तिम्सिना, मिक्लाजुङबाट तेजनाथ घिमिरे, सुशीलराज चौहान, शेरबहादुर बस्नेत, सरला राई, जुना खड्का र गणेशप्रसाद भट्टराई सर्वसम्मत जिल्ला कमिटी सदस्य चयन भएका छन् ।
ग्रामथानबाट किशनलाल सरदार, प्रज्ञानराज मगर, मीनाकुमारी चौधरी र गीता बानिया निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले घोषणा गरेको छ ।
View : 222
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved