Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

शिक्षादीपमा 'सिंगिङ्ग' र 'डान्सिङ्ग' आइडल

उद्घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिंगिङ्ग स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ ।

शिक्षादीप सिंगिङ्ग स्टारतर्फ स्मृति श्रेष्ठ प्रथम, हिना यादव द्वितीय र सन्देश मित्री तृतीय भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फ लिजा सहनी प्रथम,  सुहानिका पौडेल द्वितीय र

रितिका भट्टराई तृतीय भए । डान्सिङतर्फको सिनियरतर्फ युआना चौधरी प्रथम, प्रजिता राई द्वितीय र खुशी भुजेल तृतीय भए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका डिन प्राडा अनिलकुमार पोखेलसहित स्कुलका को–अर्डिनेटर गणेश गौतमलगायतले पुरस्कार तथा ट्रफी वितरण गरका थिए ।

View : 68

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved