Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

विराटनगर–११ बाट नेकाको ‘जरा अभियान’ शुभारम्भ

क्रियाशील सदस्यता नवीकरण अब पूर्ण डिजिटल .यो नयाँ व्यवस्थासँगै अब अनलाइन फाराम भर्नेबित्तिकै सम्बन्धित सदस्यको मोबाइलमा तत्कालै ‘डिजिटल परिचयपत्र’ प्राप्त हुनेछ।
उद्‌घोष संवाददाता
२७ वैशाख २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसले पार्टी संगठनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित क्रियाशील सदस्यता नवीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ।

कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत आइतबार विराटनगर–११ बाट यसको औपचारिक शुभारम्भ गरिएको हो।

पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले अनलाइनमार्फत आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको उद्घाटन गरिन्।

यो नयाँ व्यवस्थासँगै अब अनलाइन फाराम भर्नेबित्तिकै सम्बन्धित सदस्यको मोबाइलमा तत्कालै ‘डिजिटल परिचयपत्र’ प्राप्त हुनेछ।

 

कागजी प्रक्रियालाई पूर्ण रूपमा विस्थापित गरी एकीकृत डाटाबेस निर्माण गर्ने लक्ष्य राखिएको यो अभियान देशका ७७ वटै जिल्लाका वडा तहसम्म सञ्चालन हुने डा. संग्रौलाले बताइन्।

यस डिजिटल रूपान्तरणले पार्टीलाई नयाँ पुस्तासँग जोड्न मद्दत पुग्ने सहमहामन्त्री संग्रौलाले बताइन्। छिटो, सहज र विश्वसनीय प्रविधिको प्रयोगसँगै सदस्यता नवीकरणप्रति तल्लो तहका कार्यकर्ताहरूमा उत्साह थपिएको नेका विराटनगर–११ का  वडा सभापति रामसुन्दर राजवंशीले बताए।

View : 468

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved