विराटनगर । विराटनगर महानगरपालिका–४ खार्जीस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा एक जना जुनियर प्रहरी अधिकृतको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–४ घर भएका ४० वर्षीय प्रहरी नायव निरीक्षक मिनबहादुर बोहराको मृत्यु भएको हो ।
बुधबार बिहान राजवंशी चोकबाट नोवेल मेडिकल कलेजतर्फ जाँदै गर्दा बोहराले चलाएको स ७ प ९१५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बोहरा गम्भीर घाइते भएका थिए ।
बोहरा झापा दरबन्दी भई हाल कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी विराटनगरमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत पनि गम्भीर घाइते भएका छन् ।
दुवै घाइतेलाई उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा बोहराको मृत्यु भएको जिल्ल ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा घाइते बस्नेतको उपचार जारी रहेको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved