विराटनगर । केही दिनदेखि बढेको चिसो बढेको छ। बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको भन्दै विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले मंगलबार महानगरभित्रका सबै विद्यालयलाई बुधबार, बिहीबार र शुक्रबार तीन दिन बन्द गर्न गराउन आग्रह गरेको हो ।
‘केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ भएको तथा बालबालिकाको स्वास्थ्य जोखिमलाई समेत मध्यनजर राख्दै यस महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयको पठन पाठन मिति २०८०/१०/०३ देखि मिति २०८०/१०/०५ गतेसम्म बन्द गर्न गराउन निर्णय अनुसार जानकारी गराइन्छ’ महानगरको पत्रमा भनिएको छ ।
विराटनगरसहित तराईका जिल्लामा चार दिनयता चिसो बढेको छ । मंगलबारदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चलेको छ । साथै शीतलहर सुरु हुँदा विद्यार्थीहरुलाई विद्यालय पुग्नै समस्या हुन थालेको छ ।
यस अवधिमा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता भने यथावत रुपमा सञ्चालन हुने समेत महानगरपालिकाले जनाएको छ ।
रनिङ शिल्ड बुधबारदेखि विराटनगरको सहिद मैदानमा सुरु हुँदैछ । प्रतियोगिता शुक्रबार सकिने छ ।
View : 719
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved