लेटाङ । जगतसिंह श्रेष्ठ वंश समाज नेपाल केन्द्रीय समितिको प्रथम साधारणसभा सभा सम्पन्न भएको छ । बिहीबार आयोजित साधारणसभाले समितिको गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
त्यसैगरी चालु आर्थिक वर्ष ०८१/०८२ को कार्ययोजनामाथि छलफल गर्दै त्यसका लागि कोषाध्यक्ष रञ्जना श्रेष्ठले प्रस्तुत गरेको अनुमानित आयव्यय पारित गरी र लेखा परीक्षक नियुक्ति समेत गर्ने निर्णय गरेको हो ।
साधारणसभाले वंश समाजको सदस्यताको प्रमाणपत्र निर्माण गर्ने र आउँदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष यव कुमार श्रेष्ठले बताए ।
जग्गादाता ज्येष्ठ सदस्य बालकुमारी श्रेष्ठको प्रमुख आतिथ्यमामा भएको सम्पन्न भएको साधारण सभामा कार्यसमितिका पदाधिकारीको सपथ ग्रहण समेत सम्पन्न भएको जनाइएको छ ।
सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँस्थित मालती मार्गमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजित साधारणसभामा ५७ जना सदस्यहरूको सहभागिता रहेको महासचिव ओम प्रकाश श्रेष्ठले बताए ।
साधारणसभामा भीम बहादुर श्रेष्ठ, मेष वहादुर श्रेष्ठ, राजाबाबु श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । त्यस्तै युवा प्रवर्द्धन उपसंयोजक रोशन श्रेष्ठ, महिला प्रवर्द्धन उपसंयोजक भगवती श्रेष्ठ, झापाको कमल गाउँपालिकाका दल बहादुर श्रेष्ठ, थिर बहादुर श्रेष्ठ समेत आफ्ना सुझाव प्रस्तुत गरेका थिए ।
संस्थाले केहि दिनभित्रै एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरेको छ । साथै दुर्गम पहाडी क्षेत्रमा रहेका वंशहरूको वीरताको दस्तावेज सङ्कलन गरी पुस्तक प्रकाशन गर्ने लागूपदार्थ दुर्व्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरेको महासचिव श्रेष्ठले बताए ।
जगतसिंह श्रेष्ठ वंशको उद्गम स्थल भोजपुरको भोजपुर नगरपालिका–१२ टक्सार हो । उनीहरूले त्यहाँ आगामी वंश भेला आयोजना गरी वंशावली पुनरावलोकन गर्ने तयारी गरेका हुन् ।
साधारणसभामा संस्थाका सचिव सरोज श्रेष्ठले स्वागत गरेका थिए ।
View : 291
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved