Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरका दर्जनौं स्थानबाट १६ वटा मोटरसाइकल चोर्ने दुई पक्राउ

उद्‌घोष सम्वाददाता
२ पुष २०८०, सोमवार

विराटनगर : विराटनगर महानगर क्षेत्रका भिडभाड हुने विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ ।

मोटरसाइकल  चोरी गर्ने गिरोहको खोजतलास गर्ने क्रममा मंसिर २९ गते शुक्रबार सुनसरीको भोक्राहा नरसिंह–२ का वर्ष २१ को निकाइल अन्सारी र सुनसरी हरिनगरा–६ का ३९ वर्षको नजाम अन्सारीलाई लागू औषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ १.०३ ग्रामसहित पक्राउ गरिएको थियो । उनीहरुमाथि अनुसन्धान  गर्दा मोटरसाइकल चोरीमा पनि उनीहरु संलग्न रहेको खुलेको प्रहरीले बताएको छ  ।

उनीहरुले नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्री लगायतका बढी भिडभाड हुने स्थानहरूबाट हराएका १६ वटा मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ ।

प्रहरीले दिएको विवरण अनुसार उनीहरुले नोवेल अस्पतालबाट साइन मोटरसाइकल दुईवटा, सुपर स्प्लेण्डर मोटरसारइकल दुई वटा र अपाची मोटरसाइकल एक थान चोरी गरेको पाइएको छ । 

त्यसैगरी सेन्ट्रल मलबाट साइन मोटरसाइकल एकवटा, सुरप स्प्लेण्डर मोटरसाइकल दुईवटा र पल्सर मोटरसाइकल एक वटा,  कोशी अस्पतालबाट सुपर स्प्लेण्डर मोटरसाइकल एक वटा र गुद्रीबाट सुपर स्प्लेण्डर मोटरसाइकल एउटा चोरी गरेको पाइएको छ ।  

त्यसैगरी मालपोत कार्यालयबाट सुपर स्प्लेण्डर मोटरसाइकल एउटा, नापी कार्यालयबाट साइन मोटरसाइकल एउटा र विराट टिचिङ अस्पतालबाट सुपर स्प्लेण्डर मोटरसाइकल एउटा गरी १४ वटा मोटरसाइकल चोरी गरेको उनीहरूको बयानबाट खुलेको छ ।

नजाम अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपर स्प्लेण्डर मोटरसाइकलको ब्लु बुकसमेत बरामद भएका प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलको धनी र उल्लेखित  स्थानहरूबाट मोटरसाइकल हराउने ब्यक्तिहरूले आफ्नो मोटरसाइकलको ब्लु बुकसहित जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा आई सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ । पक्राउ परेका  दुवैजनालाई  अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

View : 143

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved