विराटनगर । विराटनगर–९ स्थित इडेनवर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई एकै पटक गरेको छ ।
कलेजले बीबीएस र बीबीएमा भर्ना हुन आएका चार सय २१ जना र अध्ययन सकेका दुई सय ५० जना विद्यार्थीहरुलाई बिहीबार भव्य कार्यक्रमका बिच विदाई गरेको कलेजका सञ्चालक सदस्य भुवन नेपालले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डा. डिल्ली प्रसाईले राम्रो व्यवस्थापन र युवा जोशजाँगर भएका सञ्चालक सदस्यहरुका कारण कलेजले नतिजा पनि राम्रो प्राप्त गर्दै आएको बताए ।
स्वागत तथा विदाई कार्यक्रमका अवसरमा कलेजका दुई विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो । बीबीएस तेस्रो बर्षमा अध्ययरत सृजनाकुमारी मेहतालाई स्वर्गीय कृष्ण देवान स्मृति छात्रबृत्ति २०८१ प्रदान गरिएको हो । कलेजका पूर्व कर्मचारी रहेका स्व. देवानको स्मृतिमा उनका छोरा पत्रकार प्रेम देवानले छात्रबृत्ति स्थापना गरेका हुन् ।
उक्त छात्रबृत्ति अन्तरगत मेहतालाई एक बर्षमा लाग्ने सम्पूर्ण शुल्क निशुल्क हुने जनाइएको छ । त्यसैगरी बीबीएस दोस्रो बर्षमा अध्ययनरत आरिफ अन्सारीलाई कलेजको तर्फबाट छात्रबृति प्रदान गरिएको थियो ।
कलेज सञ्चांलक समितिका अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा कलेजका प्राचार्य दीपनारायण साह, कोबास कलेजका प्राचार्य सुनिलकुमार श्रेष्ठ लगायतले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विदाई गरेका थिए ।
उक्त अवसरमा विद्यार्थीहरुले गीत संगीत, नृत्यलगायत आफ्नो कला प्रतिभा प्रस्तुत गरेका थिए ।
इडेनबर्ग कलेजमा हाल एक हजार ३ सय ५० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।
View : 219
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved