Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बाल संसार मन्टेश्वरी सबैको रोजाइमा

उद्‌घोष सम्वाददाता
४ फागुन २०८०, शुक्रवार

विराटनगर । विराटनगर–५ विराटमार्गमा सञ्चालित बालसंसार मन्टेश्वरी स्कुलले सरस्वती पूजा भन्य रुपमा मनाएको छ । सो अवसरमा स्कूलका स–साना विद्यार्थीसहित शिक्षक, कर्मचारी र अभिभावकहरुकोको बाक्लो सहभागिता थियो । सरस्वती पूजाका दिन २२ नयाँ विद्यार्थीलाइ अक्षरारम्भ गराइ भर्ना भएको स्कूलका प्राचार्य खड्गबहादुर राईले जानकारी दिए ।

विसं २०७१ सालमा स्थापना भएको सो मन्टेश्वरी स्कुलमा प्ले ग्रुफदेखि कक्षा ५ सम्म गरी करिब ३ सय विद्यार्थी अध्ययनरत छन् ।  विद्यार्थीहरुलाइ शैक्षिक ज्ञान दिनुका साथै अतिरिक्त त्रियाकलापलाई पनि त्यतिकै प्राथमिकतामा राखेर सिकाइने गरिएको प्राचार्य राईले बताए । स्कुलमा  कराते, नृत्य  र अन्य सांगीतिक कार्यक्रम पनि नियमित सिकाइने गरिएको छ ।

स–साना विद्यार्थीको रुची अनुसार शिक्षण सिकाइ प्रदान गरिएका कारण विद्यार्थी र अभिभावकहरु पनि सन्तुष्ट  रहेको  स्कुलको दावी छ ।  कामकाजी अभिभावकहरुका छोराछोरीहरुका लागि साँझसम्म विद्यालयमा हेरचाह र खाजा राम्रो प्रबन्ध पनि मिलाइएको र त्यसका लागि ७  कर्मचारी परिचालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालित सो विद्यालयमा करिब ३० जना तालिम प्राप्त शिक्षक, शिक्षिका र कर्मचारी कार्यरत छन् । विद्यार्थीहरुलाई विद्यालय ल्याउन र घर पुर्‍याउन ३ वटा गाडीको व्यवस्था गरिएको प्राचार्य राईले जानकारी दिए ।

View : 168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved