विराटनगर । अन्तर्राष्ट्रिय स्तरमा स्थापित घरेलु उपकरण ब्रान्ड ब्ल्याक एण्ड डेकरले नेपालमा दशैं–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ब्ल्याक एण्ड डेकरका उपकरण खरिद गर्ने ग्राहकहरूले हिरो स्प्लेन्डर मोटरसाइकल, भियतनाम भ्रमण तथा सीजी सफारी ट्रिप जस्ता आकर्षक उपहार जित्ने अवसर पाउने बताइएको छ ।
नेपालमा ब्ल्याक एण्ड डेकरका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्सद्वारा आधिकारिक रूपमा वितरण गरिन्छ ।
यी उत्पादनहरू देशभर रहेका सीजी डिजिटल आउटलेटहरू, एलजी स्टोरहरू र अन्य अधिकृत च्यानल पार्टनरहरूमार्फत उपलब्ध हुँदै आएका छन् ।
ग्राहकहरूले कुनै पनि ब्ल्याक एण्ड डेकर उपकरण खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भरेपछि स्वचालित रूपमा लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।
योजनाको अन्त्यमा भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा भियतनाम भ्रमण र हिरो स्प्लेन्टर प्लस मोटरसाइकल प्राप्त गर्नेछन् । साथै, अन्य विजेताहरूका लागि दुई जनाको सीजी सफारी ट्रिप पनि राखिएको छ ।
ब्ल्याक एण्ड डेकरले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरण उत्पादन गर्दै आएको छ ।
११५ वर्षभन्दा बढीको इतिहास बोकेको यो ब्रान्ड अहिले १०० भन्दा बढी देशमा सेवा विस्तार गरिसकेको छ ।
नेपालमा उपलब्ध उत्पादनहरूमा २४ महिना वारेन्टी र सीजी इलेक्ट्रोनिक्सको देशव्यापी सर्भिस नेटवर्कको सुविधा प्रदान गरिएको छ ।
View : 255
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved