Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मार्टर्स प्लस टुको शिलान्यास

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

विराटनगर । आगामी शैक्षिक सत्रलाई लक्षित गरी विराटनगर–१० तीनटोलिया शान्तिचोकमा ‘मार्टर्स मेमोरियल प्लस टु’ सञ्चालनमा आउने भएको छ ।

करिब ७ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आउन लागेको उक्त विद्यालयको शनिबार शिलान्यास गरिएको छ ।

चारतले भवन आउँदो तीन महिनासम्म निर्माण पूरा गरिसक्ने प्रिन्सिपल सीएम श्रेष्ठले जानकारी दिएका छन् ।

भवन पूर्ण वातानुकूलित, स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालासहितको हुने उनले बताए ।

प्रिन्सिपल श्रेष्ठका अनुसार विज्ञान, कम्प्युटर साइन्स, व्यवस्थापन र होटल व्यवस्थापन संकायबाट कक्षा सुरु गर्ने तयारी गरिएको छ । 

प्लस टु सञ्चालनका लागि विराटनगरका १० भन्दा बढी प्रतिष्ठित संस्थागत विद्यालयका प्रिन्सिपलसहित २९ जना शिक्षाकर्मीको सामूहिक लगानी रहेको छ ।

View : 60

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved