Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

फुटसलको उपाधि वडा नम्बर ४ लाई

उद्घोष सम्वाददाता
२३ जेठ २०८१, बुधवार

विराटनगर । विराटनगरमा जारी प्रथम अन्तर वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १३ लाई ४ नम्बर वडाले २–० गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।

४ नम्बरले उपाधि जित्दै नगद ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो । उपविजेता भएको १३ नम्बर वडाले नगद २० हजार रुपैयाँमा चित्त बुझाउनु पर्‍यो ।

प्रतियोगितामा विराटनगर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ८, ९, १०, १२, १३, १६ र १९ सहित १३ वटा वडा १४ टोलीको सहभागिता  थियो । ४ नम्बर वडाको २ वटा टोली थियो ।

विराटनगर सिटी फुटबल क्लबले विराटनगर–९ को सहकार्यमा आयोजना गरेको प्रतियोगितामा विजयी खेलाडीलाई वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगत, क्लबका कार्यकारी निर्देशक शुभाषिस कोइराला लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगिताको अनुशासित टोली वडा नम्बर १ भयो । त्यसैगरी, व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता वडा नम्बर १३ का कैलाश बस्नेत, उत्कृष्ट गोलरक्षक वडा नम्बर ४ का विशाल धामी र सर्वोत्कृष्ट खेलाडी वडा नम्बर ४ का निश्चल अधिकारी भए । उनीहरुले नगद २ हजार ५ सय रुपैयाँ पुरस्कार पाए ।

View : 267

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved