Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लायन्स क्लब मिल्स एरियाद्वारा फलफूल वितरण

उद्‌घोष संवाददाता
६ साउन २०८१, आइतवार

Advertisement

विराटनगर । लायन्स क्लब अफ मिल्स एरियाले सेवाको १०० औं दिनको अवसर पारेर कोशी अस्पतालका बिरामीहरूलाई फलफूल र जुस वितरण गरेको छ । 

अस्पतालको प्रसुती वार्ड, बच्चा वार्ड, मेडिकल र इमर्जेन्सी वार्डमा भर्ना भएका बिरामीहरूलाई फलफूल र जुस वितरण गरेको हो । लायन्स क्लब अफ मिल्स एरिया र लियो क्लब अफ मिल्स एरियाले जुलाई महिनालाई सेवाभावको महिनाको रुपमा मनाएको र सोही अवसरमा अस्पतालमा फलफूल वितरण गरेको जनाइएको छ ।

लायन्स क्लब अफ मिल्स एरियाका अध्यक्ष योगेन्द्र कुमार साहको नेतृत्वमा भएको उक्त कार्यक्रममा ११० जनालाई  बिरामीलाई फलफूल र जुस वितरण गरिएको हो ।

उक्त अवसरमा डिस्ट्रिक्ट ३२५ ‘सी’ का कपी बैँक चिफ कैलाश साह, जोन चेयरपर्सन राकेश साह, सचिव ओम कुमार साह, डिस्ट्रिक्ट चेयरपर्सन राजेन्द्र साह, प्रथम उपाध्यक्ष राजेश खण्डेवालसहित मनोज चौधरी, शीतल क्षेत्री, हरिओम शाह, गणेश साह, नाजिमा खातुन, सन्तोष साह, रवि साह लगायतका लायन्सकर्मीहरुको सहभागिता रहेको थियो ।

View : 293

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved