Biratnagar, Morang, Nepal
२७ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि व्यवस्थापन क्याम्पसमा डा दास

उद्‌घोष सम्वाददाता
२६ वैशाख २०८२, शुक्रवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस व्यवस्थापन क्याम्पस -पुसोम_ विराटनगरको प्रमुखमा डा रमाकान्त दास नियुक्त भएका छन् । 

डा दासको आइतबार नै विराटनगर तीनपैनीस्थित क्याम्पस प्रमुखको कार्यकक्षमा पदस्थापना भएको छ । पूविका उपकुलपति प्राडा बिजुकुमार थपलियासमेतको  उपस्थितमा पदस्थापन भएको हो । सो अवसरमा निवर्तमान प्रमुख प्रशान्तकुमार लाललाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशंसा गरिएको थियो ।  

पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत सो क्याम्पस (पुसोम)मा स्नातक र स्नातकोत्तर तहको बीबीए र एमबीए तथा एमफिलको समेत पढाइ हुने गरको छ ।  

View : 161

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved