Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

तीजमा दुई सम्मानित

उद्‌घोष संवाददाता
११ भदौ २०८२, बुधवार

विराटनगर । विराटनगरको बरगाछीस्थित बाबा बासुकीनाथ मन्दिरमा मंगलबार  आयोजित तीज कार्यक्रममा ज्येष्ठ  नागरिक  निर्मला खत्री  र साहित्यकार लक्ष्मी पोखरेललाई सम्मान गरिएको छ । 

मन्दिर ब्यवस्थापन समितिले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका  अध्यक्ष  तुलसी गोयल, उपाध्यक्ष  मनोज अग्रवाल, कोषाध्यक्ष  दिनेश अग्रवाल लगायतले  तीज पर्वको शुभकामना दिएका थिए ।

सो अवसरमा  तीजका गीत, नाटक र संगिनी नृत्य प्रस्तुत गरिएको कार्यक्रम सञ्चालक लक्ष्मी पोखरेलले जानकारी दिइन् ।

View : 490

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved