सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ ।
चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
पर्यावरण प्रवद्र्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नाराका साथ सो कार्यक्रम आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र ट्रफी पाउने छन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक चतरा हाइकिङ समूहले प्रतियोगिताबारे जानकारी दिएको हो ।
आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ ।
उनका अनुसार चेप्टो र गोलाकार ढुंगालाई पानीको सतहमा हुइ“क्याएर खेलिने सो खेलमा ढुंगा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ ।
विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने सो खेलको प्रतियोगिता हुन थालेको एक वर्ष भएको विष्टले दाबी गरे ।
विश्वव्यापी रूपमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको बताइएको छ ।
प्रतियोगिताका संयोजक लक्ष्मण कट्वालका अनुसार प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने छ ।
गत वर्षको प्रतियोगितामा स्थानीय राहुल लिम्बूले ८८ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिताको उपाधि जितेका थिए ।
इन्ट्री राउन्डमा १२ स्किप गरेका उनले फाइनल राउन्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भएका थिए ।
View : 204
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved